राप्तिभित्रको शुन्दरता: 'एकपटक घुमेपछि अर्कोपटक पनि घुम्न मन लाग्छ'

Posted on: 16 Oct, 2017

खकेन्द्र केसी | असोज ३०, सल्यान । दश बर्षे जनयुद्धले अस्थव्यस्त बनाएको सल्यानको साविकको दमाचौर ९ बुराँसे हालको छत्रेश्वरी गाउँपालीका वडानम्वर २ मा पर्छ । युद्धकालमा पटकपटक आक्रमन हुने बुराँसेमा ठुलो धनजनको क्षेति भयो । २०५९ साल जेठ २९ गतेको दिन तत्कालिन माऔवादी लडाकु र सरकार पक्षका सेना बिच भएको लडाइले बुराँसे र झ्याम मा गरी ८ जनाले ज्यान गुमाउनु पर्यो भने केहि बेपत्ता पनि भए । करिब ५० भन्दा बढि घर गोठ जलेर खरानी भए । 

देश भरी नै तनावको सिर्जना भएको युद्ध २०६३ मा आएर सरकार र तत्कालीन माऔवादी बिच शान्ती संझौता भयो  । शान्ती संझौता भय संगै युद्धको चपेटामा परेको बुराँसेले विस्तारै मुहार फेर्दै गयो । अहिले बुराँसेमा सडक, बिजुली, खानेपानी, विद्यालय लगाएतको विकास निर्मानका कामहरु भएर नमुना गाउँ नै बनेको छ  । गाउँदेखि १०० मिटर माथि जदाँ बुराँसे टाकुरीको डाँडो आउछ उक्त टाकुरो समुन्द्री सतह देखि करिब २४०० मिटरको उचाईमा पर्दछ ।

पूर्वमा जलजला, उत्तरमा सिस्ने हिमाल, पश्चिम क्षेत्रमा कुमाख लेक र दक्षिणमा खर्सुवास लेकको काखमा हरियाली डाँडो बुराँसे टाकुरी रहेको छ । उक्त डाँडो वरीपरी रोल्पाको सुकिदह गाउँपालीका, सल्यानको छत्रेश्वरी गाउँपालीका र बागचौर नगरपालीका पर्दछ ।


तश्विरमा: जनयुद्धमा मुछिएको बुराँसे गाउँ

यो टाकुरोको फेद देखि टुपो सम्मा समुन्द्री सतहको १२०० मिटर बाट सुरु भएर २४०० मिटरमा टुङगिन्छ । यसको तल्लो सतह सल्यानको खरिबोट बजार देखि मोखला बजार सम्मा त्यसैगरी रोल्पाको सुकाओडार पर्दछ । पुर्व तिर राप्ती नदिको मुहान र पश्चिम तर्फ शारदा नदिको मुहान हुहैँ यहाँ दुई तर्फ बाट बगेको पानि अन्तीममा भारतमा गएर मिसिने गर्दछ ।

विभित खालको हावापानि पाइने यहाँ राप्तीको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने कोटमौला(डाँगीगाउँ) र स्याउ उत्पादन हुने रोल्पाको जिनाबाङ (मनिमारे, झ्याम) पर्दछ । सन्देशबजार पातिहाल्न बाट पुर्वतिर फैलीयको उपयोगी बनस्पती (स्थानिय भाषामा बोजो) यहाँको आकर्षनको रुपमा हेरीन्छ । हाँसेकाटे राष्ट्रिय वनको बिचमा पर्ने यो कसैले रोपेको बनस्तपती हैन एउटा प्रकृतीले दिएको उपाहार हो । त्यस्तै उपयोग गर्न नसकीएको जडिबुटीको यहाँ अपार खानी रहेको छ । प्राकृतीक सम्पदाको दृष्ट्रिकोणले मात्रै हैन, विभिन्न दुर्लभ जडिबुटी, फलफूल अनि जिवजन्तुको उद्गम स्थान यही हो । स्वर्गकी परी लुटुपुटु गर्दै हिडेको जस्तो लाग्ने यो ठाउँलार्ई पहिलो पटक देख्नेहरु मोहित नभएको सायदै छैनन् होला । 


तश्विरमा: यो राप्ती नदिको मुहानमा पर्ने एक महत्वपुर्णा जडिबुटी (बोजो) हो । बागचौर नगरपालीका ९ सन्देश बजार पातीहाल्न देखि पुर्वतिर फैलिएको छ ।

हाँसेकाटे वन रोल्पाको जिनावाङ, सल्यानको दमाचौर, कोटमौलाका स्थानीयहरुको साझा धन हो । समुन्द्री सतहवाट यो वन करिव १७०० देखि २४०० मिटर उचाईमा अवस्थित छ । अपार सम्पदाको खानी अनि सबै जिवजन्तु र वोट विरुवा हुर्कन सक्ने समिसीतोष्न हावापानी भएको यो स्थानको महत्व बुझन अनि संरक्षण गर्न नत राज्यले नै चासो दिएको देखिएको छ नत स्थानीय जान्ने सुन्नेहरुले नै ।

‘मानवीय लालची स्वभावका कारण वन विनाश तिर्व हुँदै जाँदा कुनै दिन बाघ र भालुको बासस्थान हाँसेकाटे आज प्रकृतीका ति अथाहा सम्पत्ति विरलै देख्न र हेर्न पाइन्छ । । हिउँदमा कोटमौलाको सुन्तला सुन झैं पहेलो भएर गाउँ ढपक्क छोप्दा गाउँ नै पँहेलपुर देखिन्छ । वर्षायाम सुरु हुँदै गर्दा उत्तरी क्षेत्र जिनावाङको माथिल्लोभाग  स्याउले लटरम्म बगैचा देखिन्छ । रोल्पा र सल्यानको दोभान भ्याम बजार र पातिहाल्ना बजरले जिल्लाको सांस्कृतीका अनि पारिवारीक सम्वन्ध स्थापित गराएको छ । चेलीवेटी लेनदेन देखि व्यापार व्यवसाय सबै चल्दै आएकोले दुई जिल्लावासीका बीचमा न्यानो सम्वन्ध रहिरहेको छ । सल्यान बाट रोल्पा र रोल्पावाट सल्यान त्यसैगरी दाङ बाट सल्यान रोल्पा आवत जावात गर्ने सबैको नजर यहाँको मनमोहक दृष्य मोवाईल अनि क्यामारामा मात्रै हैनल मनको क्यान्भासमा पनि कहिलै डिलिट नहुनेगरी सजाए राख्ने गर्छन । २०७२ सालको नेपालको संविधानले संघियता अनुसारको प्रदेश छुट्याएर रोल्पा र सल्यानलाई अलग बनाए पनि यसको आफ्नो एक खालको सम्बन्ध रहिराखेको छ । 


तश्विरमा: हाँसेकाटे वनको केहि भाग

दश बर्षे जनयुद्धका समयमा थिङथलो बनेको यस ठाउँ आज केही रुपान्तरित हुन खोज्दै छ । यहाँ विभिन्न कम्पनीहरुले सूचना र सञ्चारको पहूँच विस्तार गर्न लागि परेका छन् । नमस्ते अनि एनसेल, इस्काई आदी संचार संस्थाहरुका टावरहरु जोडेपछि मोवाई सेवा प्रभावकारी बन्दै गएको छ । कच्ची सडक भएपनि बागचौर बाट पातिहल्ना त्यसैगरी मोखला बाट झ्याम हुदैँ रोल्पा लिबाङ सम्म सडक विस्तार गरिएको छ ।  

लालि गुराँसले ढपक्कै छोपीएका यहाँका डाँडा अनि पाखा पखेराले सबैको मन लोभ्याउने गर्छ । वशन्त ऋतुमा कोईलीको मिठो सुरिलो अनि सुमधुर कोकिल कन्ठले सारा तनावबाट मुक्त पारिदिन्छ । नयाँ पालुवा हाल्दै गरेका विभिन्न बोट विरुवा अनि यहाँ चल्ने सितल हावा । कलकल बग्ने चिसो पानी अनि राता, काला कफलले यहाँको जवानी बचाई राखेको छ । यसको उचित चर्चा परिचर्चा अनि प्रचार प्रचार हुन सके आन्तरिक र वाह्य पर्यटकका लागि यो केन्द्र बन्न सक्ने संभावना छ ।  एउटा अर्को बाटो निर्माणको लक्ष लिइएको छ । सल्यान कपुरकोट बाट रुकुमको खौला जोड्ने महत्वाकांक्षी योजना सफल हुन सके यो ठाउँको महत्व व्यापक बन्ने छ । 


तश्विरमा: रोल्पा सुकिदह गाउँपालीका ३ मा निमारेको स्याउ 


तश्विरमा: सल्यान बागचौर नगरपालीका ९ डाँगीगाउँमा सुन्तलाको बारी


तश्विरमा: हिउँ पर्दा सल्यान छत्रेश्वरी १ र रोल्पा सुकिदह ३ को बिचमा पर्ने चामी गाउँ


तश्विरमा: बुराँसे लेकबाट रोल्पा हुँदै देखिने सिस्ने र जलजला हिमाल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!