यस्तो छ सल्यान जिल्लाको मत परिणाम, विजय हुनेहरुको नाम लिष्ट ।

Posted on: 18 May, 2017

खकेन्द्र केसी
जेठ ४ सल्यान । 

दश ओटा स्थानीय तह रहेको सल्यानमा अहिले बनगाड कुपिन्डे नगरपालीका र कुमाखमालीका गाउँपालीकाको मत गनणा हुदै छ भने शारदा नगारपालीकामा दलहरु बिच केहि विवाद देखिए पछि मत गनणा स्थगीत भएको छ । 
७ ओटा तहको मत गनणा सकिदा सम्म ३ ओटा गाउँपालीकामा एमाले, एक ओटा नगरपालीका र एक ओटा गाउँपालीका माओवादी केन्द्रले त्यस्तै २ ओटा गाउँपालीका नेपाली काँग्रेसले जितेको छ । 
८४ ओटा वडा रहेको सल्यानमा अहिले सम्म ६६ ओटा वडाको मत गनणा सकिएको छ । अब कुमाखमालीका गाउँपालीकामा ५, शारदा नगरपालीका मा ९ र बनगाड कुपिन्डे नगरपालीका २ ओटा वडा मा मत गनणा गर्न बाँकी रहेको । 
मत गनणा गरिसकेको वडा मध्यबाट अहिले सम्म गाउँपालीकाको वडा अध्यक्षमा माओवादी केन्द्रल २८, एमाले ले २२ र काँग्रेसले १६ वटा वडमा जितेको छ । 

सल्यानमा अहिले सम्म विजय भएकाको नाम र बाँकीको मत परिणाम यस्तो छ । 

१ दार्मा गाउँपालीका

दार्मा गाउँपालीकामा माओवादी केन्द्रका निम ब केसीले ३६९४ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाअध्यक्षमा पनि माओवादी केन्द्रका टिका वलीले ३६९५ मत ल्याएर विजय भएका छन् । 
प्रमुखस् काँग्रेस - रामचन्द्र केसी २७७१ , उपप्रमुख स् एमाले - दल बहादुर केसी २६१९

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
दार्मा गाउँपालीका वडा नं. १ बाट एमालेका कवि कुमार चन्द विजय । 
दार्म गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका डिल्ली केसीको प्यानल नै विजयी ।
दार्मा गाउँपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका शक्ती रोकाय विजय ।
दार्मा गाउँपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका चन्द्र बहादुर रावत विजय ।
दार्मा गाउँपालिका वडा नं. ५ बाट माओवादी केन्द्रका दुर्गा मल्लको नेतृत्वको पुरै टिम विजय ।
दार्मा गाउँपालिका वडा नं. ६ बाट राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी । 

२. ढोरचौर गाउँपालिका

सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेका चित्र बहमदुर चलाउनेले  १ हजार ९ सय २५ मत ल्याएर अध्यक्षमा विजय भएका छन । उनका  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै चलाउने गाउँपालिकाको अध्यक्ष पदमा विजय भएका हुन भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका हुन ।
यस्तै उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहराले १ हजार ९ सय ४६ मत ल्याएर उपाअध्याक्षमा विजय भएकी छन ।  उनका  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष बनेकी हुन ।  बुढाथोकीले भने १ हजार ५ सय ९९ मत प्राप्त  गरेकी थिइन ।
५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्र, ३ मा एमाले र  ४ नम्बर वडामा  भने काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोको बराबर मत भएपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएमलाई चयन गरीएको छ ।
एमाले : प्रमुख- चित्र बहादुर चलाउने १९२५, उपप्रमुख- पुष्पा बोहरा १९४६ 
माओवादी : प्रमुख- नरविर चलाउने १५३८, उपप्रमुख - भूमि बुढाथोकी १५९९ 
नेपाली काँग्रेस : अध्यक्ष- नरबिर चलाउने  १०१०, उपाध्यक्ष - बिमला रेउले ९९१

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
ढोरचौर गाउँपालिका वडा नं. १ बाट माओवादी केन्द्रका राम बहादुर बस्नेतको पुरै टिम विजय ।
ढोरचौर गाउँपालिका वडा नं. २ बाट माओवादी केन्द्रका रुद्र बहादुर बुढाथोकीको पुरै टिम विजय ।
ढोरचौर गाउपालिका वडा नं. ३ बाट एमालेका शालीकराम बुढाथोकी विजय । 
ढोरचौर गाउपालिका वडा नं. ४ बाट वडा अध्यक्षमा एमाले र काँग्रेसको मत बराबर भएपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएम वि.एम. निर्वा््िचत भएका छन । 

३. त्रिवेणी गाउँपालिका

नेपाली काँग्रेस स् अध्यक्षमा मान बहादुर डाँगी ३७६५ ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाध्यक्षमा काँग्रेसकै करुणा खड्का २६४५ मत ल्याएर विजय भएका छन् ।
एमाले : प्रमुख लोकेन्द्र सिहं खड्का २३१७ , उपप्रमुख पवित्रा केसी २३७७
माओवादी : प्रमुख  अजय रोका ६२०, उपप्रमुख लिलावति बुढा ६९७
राप्रपा : मंगलु पुन ८४

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
त्रिवेणी गाउँपालीका वडा नं. १ बाट एमालेका  छवि केसीको पुरै टिम विजय ।
त्रिवेणी गाउँपालिका वडा नं. २ बाट काँग्रेसका मेघराज खड्का विजयी ।
त्रिवेणी गाउँपालीका वडा नं. ३ बाट काँग्रेसका हुकुम प्रासद महतरा विजय ।
त्रिवेणी गाउँपालीका वडा नं. ४ बाट काँग्रेसका छविराज शर्मा विजय ।
त्रिवेणी गाउँपालीका वडा नं. ५  मा काँग्रेसका..... विजय ।
त्रिवेणी गाउँपालीका वडा नं. ६  मा काँगे्रसका..... विजय ।

४. छत्रेस्वरी गाउपालीका

छत्रेश्वरी गाउँपालीकामा नेपाली काँग्रेस का शन्तोष केसी २९२२ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओज बहादुर बुढाथोकीलाई २२० मतले हराउदै केसी विजय बनेका हुन । त्यस्तै उपा अध्यक्षमा पनि  काँग्रेसकै सिता केसी २८१४ मत ल्याएर विजय भएकी छन् । नका निकटतम प्रतिद्वन्द्वी एमालेकी वुद्धा केसी लाई ४७ मतले हराउदै केसी विजय बनेकी हुन । 
वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
छत्रेश्वरी गाउँपालीका वडा नं. १ बाट काँग्रेसका नेव बहादर शाह सहित पुरै प्यानल विजय ।
छत्रेश्वरी गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रेम खड्का विजय ।
छत्रेश्वरी गाउँपालीका वडा नं. ३ बाट एमालेका राज बहादुर बुढाथोकी सहित पुरै प्यानल विजय ।
छत्रेश्वरी गाउँपालीका वडा नं. ४ बाट एमालेका नेव बहादुर  खड्को पुरै प्यानल विजय ।
छत्रेश्वरी गाउँपालीका वडा नं. ५ बाट एमालेका  लिलाधर घर्ती विजय । 
छत्रेश्वरी गाउँपालीका वडा नं. ६ बाट काँग्रेसका चुडामणि दसौरी विजयी । 
छत्रेश्वरी गाउँपालीका वडा नं. ७ बाट काँग्रेसका मेघराज भण्डारी जयी । 

५. बागचौर नगरपालीका 

बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेका हुन । त्यस्तै उप मेयरमा पनि  माओवादीकै कल्पना पुन ५२१५ मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ओकादेवी खत्री लाई १६२५ मतले हराउदै पुन विजय बनेकी हुन ।काग्रेशबाट प्रमुखमा गोरख बहादुर खत्रीले ३५६५ ल्याएका थिए भने  उप प्रमुखमा मेनका चन्दले ३४९६ ल्याएकी थिइन ।

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
वागचौर नगरपालिका वडा नं. १ बाट काँग्रेसका नेत्र प्रसाद डाँगी सहित पुरै प्यानल विजय ।
बागचौर नगरपालीका वडा नं. २ बाट एमालेका घनश्याम शर्माको पुरै टिम विजयी । 
बागचौर नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टीकाराम खत्रि सहित पुरै प्यानल विजय । 
बागचौर नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका प्रेम बहादुर पुन  विजय ।
बागचौर नगरपालीका वडा नं. ५ मा माओवादी केन्द्रका डिल्ली बहादुर वली विजय ।
बागचौर नगरपालीका वडा नं. ६ बाट माओवादी केन्द्रका  भुपेन्द्र वली विजय । 
बागचौर नगरपालीका वडा नं. ७ बाट काँग्रेसका सेर बहादुर घर्ति विजय ।
बागचौर नगरपालीका वडा नं. ८ मा माओवादी केन्द्रका रोमू शाहीको सम्पूर्न प्यानल विजय ।
बागचौर नगरपालीका बडा नं. ९ बाट एमालेका मोहन चन्दको प्यानल विजय ।
बागचौर नगरपालीका वडा नं. १० बाट माओवादी केन्द्रका कृष्ण खड्का विजय ।
बागचौर नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका मोहन खड्का विजय ।
बागचौर नगरपालीका वडा नं. १२ बाट माओवादी केन्द्रका दिपक वली विजय ।

६. कपुरकोट 

कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले पछाडी पार्दै सेनले अध्यक्ष पदमा जीत दर्ता गराएका हुन् । माओवादी केन्द्रका भण्डारिले २ हजार १ सय ३५ मत र काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् ।  त्यस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै जीतेकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् । काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । 
वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कपुरकोट गाउँपालिका वडा नं. १ बाट माओवादीका वालाराम खड्का सहितको प्यानल विजय ।
कपुरकोट गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका मान बहादुर राना विजय ।
कपुरकोट गाउँपालिका वडा नं. ३ बाट काँग्रेसका मिन बहादुर सेन सहितको  प्यानल विजय । 
कपुरकोट गाउँपालीका वडा नं. ४ बाट एमालेका हरिलाल पुन सहितको प्यानल विजय । 
कपुरकोट गाउँपालीका वडा नं. ५  बाट एमालेका  यामकुमार बस्नेत सहित पुरै प्यानल  विजय । 
कपुरकोट गाउँपालीका वडा नं. ६ बाट एमालेका नेकपा एमालेका हेरम बहादुर बुढाथोकी विजय । 

७. कालिमाटी गाउँपालीका

कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले हराउदै केसी विजय बनेका हुन । 
त्यस्तै उपाअध्यक्ष पदमा एमालेकै सहनशिलता ओलि डाँगी २९४४ मत ल्याएर विजय भएकी छन् उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रिती डिसी विसि लाई ५७८ मतले हराउदै डाँगी विजय बनेकी हुन ।
उनिहरु सँग प्रतिशप्रधाको मतमा आउने माओवादी केन्द्र अध्यक्षमा पुरुषोत्तम भट्टराई २३६३ मत ल्याए भने उपाध्यक्षमा प्रिती डिसी विसि २३६६ मत ल्याइन । नेपाली काँग्रेसका पनि अध्यक्षमा भरत पुनले १९२९ मत ल्याए भने उपाध्यक्षमा कमला अधिकारी १६७० मत प्राप्त गरिन । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
कालीमाटी गाउँपालीका वडा नं. १ बाट एमालेका रविलाल वस्नेत विजय । 
कालीमाटी गाउँपालीका वडा नं. २ बाट  एमालेका इन्द्र बहादुर वली विजय ।
कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।
कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।
कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।
कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।
कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।

८. बनगाढ कुपिन्डे नगरपालीका

काग्रेश एमाले : प्रमुख,गोविन्दकुमार पुन ४२९५, उप प्रमुख दिपेन्द्र बिष्ट ३५४९
माओवादी केन्द्र : प्रमुख कर्णवहादुर वुढाथोकी ४४२४, उप प्रमुख मञ्जु यरी  ४१७३

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
बनगाड कुपिण्डे नगरपालीका वडा नं.  १ बाट एमालेका शान्त कुमार यरी बिजय ।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रतिमल बुढा विजय ।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टेक बहादुर पुनको प्यानल बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका मोमत रोका (बादल) बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ५ बाट माओवादी केन्द्रका कमल बि क (आरम्भ) बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ८ बाट माओवादी केन्द्रका कुल ब पुरी बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ९ बाट माओवादी केन्द्रका  इन्द्र ब कुमाइ बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. १० बाट एमालेका मानसिह पुरी बिजय।
बनगाड कुपिण्डे नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका बिर ब बुढामगर विजय ।
बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ बाट एमालेका गोविन्द डांगी विजय ।

९. कुमाख गाउँपालीका

काग्रेश : प्रमुख बिबेकसिंह राठौर ११९७, उप प्रमुख उर्मिला राणा ११२७
एमाले : प्रमुख भैरवहादुर शाह १७२७, उप प्रमुख शान्ति चन्द १८५४
माओवादी केन्द्र : प्रमुख दिलमाया बुढामगर सिर्जना १०१६, उप प्रमुख  डिल्लीराज जैशी १००७
वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
कुमाख गाउँपालीका वडा नं. ७ बाट माओवादी केन्द्रका तुलाराम  बोहोरा  विजय ।
कुमाख गाउँपालीका वडा नं. ६ बाट माओबादी केन्द्रका बिरबल शर्माको पुरै प्यानल विजय ।

१०. शारदा नगरपालिका

शारदा नगरपालीकामा केहि विवाद देखिएपछि मत गनण स्थगीत भएको छ । 
अहिले सम्म गनेको मत यस्तो छ ।
काँग्रेस : प्रमुख शुरेस अधिकारी  १५९०, उपप्रमुख सावित्रा बस्नेत ६२२
एमाले : प्रमुख  राम खड्की १३६८ उपप्रमुख सरिता हमाल ११२०
माओवादी केन्द्र : प्रमुख  प्रमोद श्रेष्ठ ७६४, उपप्रमुख झरना बुढाथोकी ४०३
राप्रपा  : प्रमुख  मनोज प्रधानस् १२२८

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 
शा.न.पा.वडा नं. १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजय  ।
शा.न.पा.वडा नं. २ बाट एमालेका केशव सिंह श्रेष्ठको पुरै टिम विजय ।
शा.न.पा.वडा नं. ३ बाट एमालेका टोप बहादुर थापाको पुरै टिम विजय ।
शा.न.पा.वडा नं. ४  बाट काँग्रेसका सुदन विष्ट विजयी अन्य सबै वडा सदस्य एमालेका । 
शा.न.पा.वडा नं. ५ बाट काँग्रेसका  प्रदीप शाही सहितको प्यानल विजय । 
शा.न.पा.वडा नं. ६ बाट काँग्रेसका भिगराज बुढाथोकी विजय ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!