सल्यान जिल्लाको पुरै मत गनणा सकियो, यस्तो आयो परिणाम ।

Posted on: 20 May, 2017

खकेन्द्र केसी,

जेठ ६ सल्यान । 

दश ओटा स्थानीय तह रहेको सल्यानमा एक ओटा नगरपालीका र तिन ओटा गाउँपालीकामा एमाले ले जितेको छ । एक ओटा नगरपालीका र दुई ओटा गाउँपालीकामा माओवादी केन्द्रले त्यसैगरी दुई ओटा गाउँपालीका र एक ओटा नगरपालीकामा नेपाली काँग्रेसले जितेको छ । ८३ ओटा वडा रहेको सल्यानमा गाउँपालीका र नगरपालीकाको वडा अध्यक्षमा माओवादी केन्द्रल ३२, एमाले ले २६, काँग्रेसले २४ र राप्रपाले १ वटा वडामा जितेको छ ।

सबै गाउँपालीका र नगरपालीकाको मत परिणाम हेर्नुहोस ।

१ दार्मा गाउँपालीका

दार्मा गाउँपालीकामा माओवादी केन्द्रका निम ब केसीले ३६९४ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाअध्यक्षमा पनि माओवादी केन्द्रका टिका वलीले ३६९५ मत ल्याएर विजय भएकी छन् । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

दार्मा गाउँपालीका वडा नं. १ बाट एमालेका कवि कुमार चन्द विजय । 

दार्म गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका डिल्ली केसीको प्यानल नै विजयी ।

दार्मा गाउँपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका शक्ती रोकाय विजय ।

दार्मा गाउँपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका चन्द्र बहादुर रावत विजय ।

दार्मा गाउँपालिका वडा नं. ५ बाट माओवादी केन्द्रका दुर्गा मल्लको नेतृत्वको पुरै टिम विजय ।

दार्मा गाउँपालिका वडा नं. ६ बाट राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी । 

२. ढोरचौर गाउँपालिका

सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेका चित्र बहमदुर चलाउनेले  १ हजार ९ सय २५ मत ल्याएर अध्यक्षमा विजय भएका छन । उनका  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै चलाउने गाउँपालिकाको अध्यक्ष पदमा विजय भएका हुन भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गरेका हुन ।

यस्तै उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहराले १ हजार ९ सय ४६ मत ल्याएर उपाअध्याक्षमा विजय भएकी छन ।  उनका  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष बनेकी हुन ।  बुढाथोकीले भने १ हजार ५ सय ९९ मत प्राप्त  गरेकी थिइन ।


वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

ढोरचौर गाउँपालिका वडा नं. १ बाट माओवादी केन्द्रका राम बहादुर बस्नेतको पुरै टिम विजय ।

ढोरचौर गाउँपालिका वडा नं. २ बाट माओवादी केन्द्रका रुद्र बहादुर बुढाथोकीको पुरै टिम विजय ।

ढोरचौर गाउपालिका वडा नं. ३ बाट एमालेका शालीकराम बुढाथोकी विजय । 

ढोरचौर गाउपालिका वडा नं. ४ बाट वडा अध्यक्षमा एमाले र काँग्रेसको मत बराबर भएपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएम वि.एम. निर्वा््िचत भएका छन । 

ढोरचौर गाउपालिका वडा नं. ५ बाट एमालेका नन्दलाल बोहरा सहित पुरै प्यानल विजय । 


३. त्रिवेणी गाउँपालिका

त्रिवेनी गाउँपालीकामा नेपाली काँग्रेस का  मान बहादुर डाँगी ३७६५ ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन । उनलाई पछ्याइरहेका एमालेका लोकेन्द्र सिहं खड्कालाई ४४८ मतले हराउदै डाँगी विजय भनेका हुन । 

 त्यस्तै उपा अध्यक्षमा पनि  काँग्रेसकै करुणा खड्का २६४५ मत ल्याएर विजय भएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी पवित्रा केसी लाई २६८ मतले हराउदै खड्का विजय भएकी हुन । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

त्रिवेणी गाउँपालीका वडा नं. १ बाट एमालेका  छवि केसीको पुरै टिम विजय ।

त्रिवेणी गाउँपालिका वडा नं. २ बाट काँग्रेसका मेघराज खड्का विजयी ।

त्रिवेणी गाउँपालीका वडा नं. ३ बाट काँग्रेसका हुकुम प्रासद महतरा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ४ बाट काँग्रेसका छविराज शर्मा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ५  मा काँग्रेसका..... विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ६  मा काँगे्रसका..... विजय ।


४. छत्रेस्वरी गाउपालीका

छत्रेश्वरी गाउँपालीकामा नेपाली काँग्रेस का शन्तोष केसी २९२२ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओज बहादुर बुढाथोकीलाई २२० मतले हराउदै केसी विजय बनेका हुन । त्यस्तै उपा अध्यक्षमा पनि  काँग्रेसकै सिता केसी २८१४ मत ल्याएर विजय भएकी छन् । नका निकटतम प्रतिद्वन्द्वी एमालेकी वुद्धा केसी लाई ४७ मतले हराउदै केसी विजय बनेकी हुन । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

छत्रेश्वरी गाउँपालीका वडा नं. १ बाट काँग्रेसका नेव बहादर शाह सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रेम खड्का विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ३ बाट एमालेका राज बहादुर बुढाथोकी सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ४ बाट एमालेका नेव बहादुर  खड्को पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ५ बाट एमालेका  लिलाधर घर्ती विजय । 

छत्रेश्वरी गाउँपालीका वडा नं. ६ बाट काँग्रेसका चुडामणि दसौरी विजयी । 

छत्रेश्वरी गाउँपालीका वडा नं. ७ बाट काँग्रेसका मेघराज भण्डारी जयी । 


५. बागचौर नगरपालीका 

बागचौर नगरपालीकामा नेकपा माओवादीका लोकमान बुढाथाकीले ५१२० मत ल्याएर मेयर पदमा विजय भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लोक बहादुर डाँगीलाई १४४१ मतले हराउदै बुढाथोकी विजय बनेका हुन । त्यस्तै उप मेयरमा पनि  माओवादीकै कल्पना पुन ५२१५ मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ओकादेवी खत्री लाई १६२५ मतले हराउदै पुन विजय बनेकी हुन ।काग्रेशबाट प्रमुखमा गोरख बहादुर खत्रीले ३५६५ ल्याएका थिए भने  उप प्रमुखमा मेनका चन्दले ३४९६ ल्याएकी थिइन ।

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

वागचौर नगरपालिका वडा नं. १ बाट काँग्रेसका नेत्र प्रसाद डाँगी सहित पुरै प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. २ बाट एमालेका घनश्याम शर्माको पुरै टिम विजयी । 

बागचौर नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टीकाराम खत्रि सहित पुरै प्यानल विजय । 

बागचौर नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका प्रेम बहादुर पुन  विजय ।

बागचौर नगरपालीका वडा नं. ५ मा माओवादी केन्द्रका डिल्ली बहादुर वली विजय ।

बागचौर नगरपालीका वडा नं. ६ बाट माओवादी केन्द्रका  भुपेन्द्र वली विजय । 

बागचौर नगरपालीका वडा नं. ७ बाट काँग्रेसका सेर बहादुर घर्ति विजय ।

बागचौर नगरपालीका वडा नं. ८ मा माओवादी केन्द्रका रोमू शाहीको सम्पूर्न प्यानल विजय ।

बागचौर नगरपालीका बडा नं. ९ बाट एमालेका मोहन चन्दको प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. १० बाट माओवादी केन्द्रका कृष्ण खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका मोहन खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. १२ बाट माओवादी केन्द्रका दिपक वली विजय ।


६. कपुरकोट 

कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले पछाडी पार्दै सेनले अध्यक्ष पदमा जीत दर्ता गराएका हुन् । माओवादी केन्द्रका भण्डारिले २ हजार १ सय ३५ मत र काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् ।  त्यस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै जीतेकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् । काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कपुरकोट गाउँपालिका वडा नं. १ बाट माओवादीका वालाराम खड्का सहितको प्यानल विजय ।

कपुरकोट गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका मान बहादुर राना विजय ।

कपुरकोट गाउँपालिका वडा नं. ३ बाट काँग्रेसका मिन बहादुर सेन सहितको  प्यानल विजय । 

कपुरकोट गाउँपालीका वडा नं. ४ बाट एमालेका हरिलाल पुन सहितको प्यानल विजय । 

कपुरकोट गाउँपालीका वडा नं. ५  बाट एमालेका  यामकुमार बस्नेत सहित पुरै प्यानल  विजय । 

कपुरकोट गाउँपालीका वडा नं. ६ बाट एमालेका नेकपा एमालेका हेरम बहादुर बुढाथोकी विजय । 

७. कालिमाटी गाउँपालीका

कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले हराउदै केसी विजय बनेका हुन । 

त्यस्तै उपाअध्यक्ष पदमा एमालेकै सहनशिलता ओलि डाँगी २९४४ मत ल्याएर विजय भएकी छन् उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रिती डिसी विसि लाई ५७८ मतले हराउदै डाँगी विजय बनेकी हुन ।

उनिहरु सँग प्रतिशप्रधाको मतमा आउने माओवादी केन्द्र अध्यक्षमा पुरुषोत्तम भट्टराई २३६३ मत ल्याए भने उपाध्यक्षमा प्रिती डिसी विसि २३६६ मत ल्याइन । नेपाली काँग्रेसका पनि अध्यक्षमा भरत पुनले १९२९ मत ल्याए भने उपाध्यक्षमा कमला अधिकारी १६७० मत प्राप्त गरिन । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कालीमाटी गाउँपालीका वडा नं. १ बाट एमालेका रविलाल वस्नेत विजय । 

कालीमाटी गाउँपालीका वडा नं. २ बाट  एमालेका इन्द्र बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।

कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।


८. बनगाढ कुपिन्डे नगरपालीका

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा कडा प्रतिस्पर्धाका साथ मेयरमा एमालेका गोविन्द पुुन विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीलाई ९३ मतको अन्तरले पराजित गर्दै पुन ५०७७ मत ल्याएर मेयरको पदमा विजय भएका हुन । बुढाथोकीले भने ४९८४ मत ल्याएका छन । त्यस्तै उप मेयरमा माओवादी केन्द्रकि मन्जु यरी ४८६२ मतले विजय भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिपेन्द्र विष्टलाई ४०७ मतले हरायकी हुन । विष्टले भने ४४५५ मत ल्याएका थिए ।

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

बनगाड कुपिण्डे नगरपालीका वडा नं. १ बाट एमालेका शान्त कुमार यरी बिजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रतिमल बुढा विजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टेक बहादुर पुनको प्यानल बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका मोमत रोका (बादल) बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ५ बाट माओवादी केन्द्रका कमल बि क (आरम्भ) बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं.  ६ बाट काँग्रेसका पुरुषोत्तम आचार्य बिजय । 

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ७ बाट एमालेका विनय केसी बिजय । 

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ८ बाट माओवादी केन्द्रका कुल ब पुरी बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ९ बाट माओवादी केन्द्रका  इन्द्र ब कुमाइ बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. १० बाट एमालेका मानसिह पुरी बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका बिर ब बुढामगर विजय ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ बाट एमालेका गोविन्द डांगी विजय ।


९. कुमाख गाउँपालीका

कुमाखमालिका गाउँपालिकामा विहिबार राती सकिएको मत गनणमा गाउँपोलीकाको अध्यक्षमा माओवादी केन्द्रकी दिलमाया बुढामगर सिर्जना ३६७३ मत ल्याएर विजय भएका हुन । उनका निकटतम प्रतिद्धन्दी एमालेका भैरवहादुर शाहलाई १ हजार ५ सय ४४ मतले हराउदै अध्यक्षमा पदमा विजय भएका हुन । एमालेका शाहले २१२९ र काग्रेशका बिबेकसिंह राठौरले १९४३ मत ल्याएका छन् । 

त्यस्तै गाउँपालीकाको उपाअध्यक्षमा  माओवादी केन्द्रकै डिल्लीराज जैशी ३८१८ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेकी शान्ती चन्दलाई १ हजार ६ सय ७३ मतले हराउदै उपाअध्यक्ष पदमा विजय भएका हुन । एमालेकी चन्दले २१४५ र काँग्रेसकी उर्मिला राना ले १८८७ ल्याएकी छन् । 

दिलमाया बुढामगर सिर्जनाको यो जितले सल्यान जिल्लमा एक मात्र महिलाले गाउँपालीकाको प्रमुख पद समाल्ने भएकी छन् । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कुमाख गाउँपालीका वडा नं.  १ बाट काँग्रेसका गोपाल बुढा विजय ।

कुमाख गाउँपालीका वडा नं. २ बाट एमालेका शेर बहादुर रावत विजय ।

कुमाख गाउँपालीका वडा नं. ३ बाट माओबादी केन्द्रका चित्र ब बुढाथोकिको प्यालन विजय ।

कुमाख गाउँपालीका वडा नं. ४ बाट माओबादी केन्द्रका तिलविर बुढाथोकी विजय ।

कुमाख गाउँपालीका वडा नं. ५ बाट माओबादी केन्द्रका हरि प्रकाश बुढाथोकि को प्यालन बिजय ।

कुमाख गाउँपालीका वडा नं. ६ बाट माओबादी केन्द्रका बिरबल शर्माको पुरै प्यानल विजय ।

कुमाख गाउँपालीका वडा नं. ७ बाट माओवादी केन्द्रका तुलाराम  बोहोरा  विजय ।


१०. शारदा नगरपालिका

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा नेपाली काँग्रेसका सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन् । उनका निकटतम प्रतिद्दन्दी एमालेका राम कुमार खड़की लाई ८७० मतले हराउदै अधिकारी विजय भएका हुन । उनलाई पछ्याइरहेका एमालेका रामकुमार खडकीले ३ हजार ३ सय ४४, माओवादी केन्द्रका प्रमोद श्रष्ठले २ हजार ५ सय २७ र राप्रपाका मनोज प्रधानले २ हजार ४ सय मत ल्याएका थिए । 

त्यस्तै नगरपालीकाको उपमेयरमा काँग्रेसकै सावित्रा बस्नेत ४ हजार १ सय ८० मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिद्दन्दी एमालेकी सरिता हमाललाई १४५ मतले हराउदै बस्नेत विजय बनेकी हुन । हमालले भने ४ हजार ३७ मत ल्याएकी थिइन् । मओवादी केन्द्रकी झरना बुढाथोकी ले २ हजार ५ सय ४ ल्याएकी थिएइन । 

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

शा.न.पा. वडा नं. १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजय  ।

शा.न.पा. वडा नं. २ बाट एमालेका केशव सिंह श्रेष्ठको पुरै टिम विजय ।

शा.न.पा. वडा नं. ३ बाट एमालेका टोप बहादुर थापाको पुरै टिम विजय ।

शा.न.पा. वडा नं. ४  बाट काँग्रेसका सुदन विष्ट विजयी अन्य सबै वडा सदस्य एमालेका । 

शा.न.पा. वडा नं. ५ बाट काँग्रेसका  प्रदीप शाही सहितको प्यानल विजय । 

शा.न.पा. वडा नं. ६ बाट काँग्रेसका भिगराज बुढाथोकी विजय ।

शा.न.पा. वडा नं. ७ बाट माओवादी केन्द्रका लिला बहादुर रोका  विजय ।

शा.न.पा. वडा नं. ८ बाट काँग्रेसका जुद्द बहादुर बुढाथोकी सहितको प्यानल बिजय ।

शा.न.पा. वडा नं.९ बाट का‘ंग्रेसका चक्र व घर्ति सहितको प्यानल बिजय ।

शा.न.पा. वडा नं. १० बाट राप्रपाका रेसम बहदुर बुढाथोकी सहितको पुरै प्यानल बिजय । 

शा.न.पा. वडा नं. ११ बाट एमालेका राम सिं बुढाथोकि बिजय । 

शा.न.पा. वडा नं. १२ बाट काँग्रेसका दिपक हमाल सहितको प्यानल बिजय ।

शा.न.पा. वडा नं. १३ बाट काँग्रेसका तुस्लिराम रावत सहितको प्यानल बिजय ।

शा.न.पा. वडा नं. १४ बाट काँग्रेसका कूष्न गिरि सहितको प्यानल बिजय ।

शा.न.पा. वडा नं. १५ बाट काँग्रेसका मित्र हिमेन्द्र वावू सेजवाल बिजय ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!