केन्द्र सारिएको भन्दै माओवादी केन्द्रका नेताहरुले पार्टीबाटै राजिनामा दिए

Posted on: 28 Jun, 2017

खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालीकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनिहरुले आज सामुहिक राजिनामा दिएका हुन् । 

राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र ढोरचौर गाउँपालीका उपाअध्यक्ष बिर बहादुर बोहोरा (विहानी), वडा नम्बर २ र ३ का इन्चार्ज सुनिल बस्नेत, गाउँपालीका वाइसेल अध्यक्ष देब बहादुर बस्नेत, धनेश कुमार चलाउने, उदिराम बुढाथोकी गोपाल चलाउने, प्रेम बुढाथोकी बिर बहादुर बुढाथोकी, धन बहादुर चलाउने, मनबहादुर विक, लगाए ३१ जनाले राजिनामा दिएका छन् । 

उनिहरुले पहिले देखि नै गाउँपालीकाको केन्द्र सबैलाई सहज हुने भन्दै कालालेखमा राख्न माग गरेका थिए । तर अहिले गाउँपालीकाको केन्द्र ढोरचौर बजारमा सारिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!