सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सकियो, ७ बजेबाट मतगणना सुरु

Posted on: 01 Jul, 2017

खकेन्द्र केसी

असार १७ सल्यान 

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन आज सकिएको छ । 

कुल मतदाता १२७१ रहेको  सल्यान उद्योग वाणिज्य संघमा १००६ मत खसेको छ । विहान ७ बजे बाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको छ ।  सबै भन्दा पहिले हरिहर बुढाथोकील भोट हाल्न खोजेपनि पान नम्बर नभेटिएर स्वतन्त्र प्यानलबाट अध्यक्षका उमेद्वार बिर बहादुर चलाउनेले भोट खसालेका थिए । सबैभन्दा अन्तीममा सुंयुक्त प्यानलबाट उमेद्वार बनेका कुमार बुढाथोकीले खसालेका हुन । 

संयुक्त र स्वतन्त्र गरि दुई ओटा प्यानल रहेको सल्यान उद्योग वाणिज्य संघको बसेको दुई पक्षको बैठकले जिल्लाका विभिन्न ठाउँबाट आएका व्यक्क्तीले हालेको भोट अहिले साँझ ७ बजेबाट गणना सुरु गरिने निर्वाचन संयोजक विर बहादुर सेजवालले जानकारी दिएका छन् । 

यस अघि वाणिज्य उपाअध्यक्षमा स्वतन्त्र प्यानलका दिपक बोहोरा निर्वाचित भइसकेका छन् । संयुक्त प्यानलका प्रकाश बाबु चन्दले उमेद्वारी फिर्ता लिएपछि बोहरा निर्विरोध निर्वाचित भएका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!