फोहोर व्यवस्थापन तर्फ गाउँपालिकाको ध्यान जाने

Posted on: 05 Jul, 2017


असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेको छ । 

कपुरकोट गाउंपालिकाका अध्यक्ष्य भिम बहादुर सेनले तत्कालै फोहोर व्यवस्थापन गरिने जनाएको छन् । कपुरकोट गाउंपालिका वडा नम्बर ३ स्थीत फलाटे गाउंमा बुधबार स्थानीयहरुले राखेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै सेनले बजार  क्षेत्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्घन्दीत र कुरुप बन्दै गएको जनाउंदै आफुले फोहोर व्यवस्थापनका लागी योजना बनाइरहेको जनाए ।

फलाटेवासिले कपुरकोट बजारको फोहोर आफ्नो गाउंमाथी फाल्ने गरिएको र वर्षायाममा त्यो फोहोर बग्दै वस्ती सम्म आएर दुर्गन्ध फैलिएको जनाएका थिए ।

निश्चीत ठाउंमा फोहोर फाल्नका लागी गाउंपालिकाले उचीत स्थान, जनशक्ति र साधनको व्यवस्था छिट्टै गर्ने अध्यक्ष सेनले जनाएका थिए ।

स्थानीय किसान समूहबाट प्रमोद खड्कोको अध्यक्षतामा भएको कार्यक्रममा सेनले आवश्यकताका आधारमा हरेक वडाका खानेपानी, बाटो, विजुली, स्वास्थ्य, शिक्षा लगाएतका मागहरु सम्बोधग गर्दै जाने बताए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, एमाले कपुरकोट गाउंपालिकाका संयोजक घनश्याम शर्मा, एमालेका निवर्तमान जिल्ला कमिटी सदस्य जीत प्रसाद आचार्य लगाएतकाको पनि सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!