एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न

Posted on: 31 Aug, 2017


भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न गरेको हो ।

भेलालाइ सम्बोधन गर्दै एमाले प्रदेश नम्बर ६ का सहसंयोजक यमलाल कंडेलले अवको पार्टि निर्माणको आधार निर्वाचीत जनप्रतिनिधीहरु भएको बताएका छन् । भेलाका प्रमुख अतिथी रहेका उनले भने– ‘अव जनप्रतिनीधीहरुले सबैको भलो हुने किसीमले राम्रो राम्रो काम गर्न जरुरी छ, अनी मात्रै हाम्रो संगठन बलियो हुन्छ र हिजोको गुटउपगुटको मानसिकता त्यागेर सबै पार्टिका नेताकार्यकर्ता एकजुट हुनुपर्छ ।’ उनले नेपालका प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालीको शिर निहुराएको आरोप पनि लगाए ।

जिल्ला पार्टि अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा र उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य हरि केसी, उदय वोहोरा, केन्द्रीय निर्वाचन कमिटी सदस्य भद्रसिंह बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य घनश्याम पुन, युवा संघ केन्द्रीय सदस्य रुद्रविर घर्ती, अनेमसंघ जिल्ल अध्यक्ष सरिता हमाल लगाएतकाले पनि मन्तव्य राखेका थिए ।


जिल्ला सचिव रमेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा एमालेबाट निर्वाचीत भएका जनप्रतिनीधीहरु, जिल्ला कमिटीका सल्लाहकार, ज्येष्ठ नागरिक मंचका सदस्यहरु र जनवर्गिय संगठनका प्रमुखहरुको सहभागीता थियो । भेलामा उपस्थीत भएकाहरुलाइ जिल्ला सहसचिव दान बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!