सल्यानमा पहिलोपटक तोडियो सिण्डिकेट, शारदा यातायात प्रालिका गाडी संचालनमा

Posted on: 05 Nov, 2017

खकेन्द्र केसी/कात्त्क १९, सल्यान । सल्यानमा यातायात प्रा.लि.मा पहिलो पटक सिण्डिकेट तोडिएको छ । 

लामो समय देखि यातायातको क्षेत्रमा सल्यानमा एकलौटी गर्दै आएको सल्यान रुकुम यातायात प्रा.लि.लाई तोड्दै शारदा यातायात प्रा.लि.ले आफ्ना गाडिहरु संचालन गरेको छ । आज जिल्लाको श्रिनगरमा एक कार्यक्रमको बिच प्रा.लि. को कार्यालय तथा गाडीहरु उद्घाटन गरिएको छ । उद्घाटन गरिएसंगै पछि थप गर्ने गरि आजैबाट प्रा.लि.ले २ ओटा गाडी संचालन गरेको छ ।


सदरमुकाम खलंगा बाट दाङको लागी १ र श्रीनगरबाट बाङगेलाखुरीको १ ओटा गाडी संचालन गरिएको हो । अन्य गाडी बराबरको भाडा लाग्ने तर सुबिधा युक्त डिलक्स गाडी मात्रै प्रयोग गर्ने समितीका सचिव गोविन्द वलीले अनलाइन तहल्कालाई जानकारी दिएका छन् ।  

सल्यानमा यात्रुले गाडीको धेरै माग गरेकाले यात्रा गर्नलाई सहज, आरामदायी, गाडी भित्रै मोबाइल चार्जको व्यवस्था भएको डिलक्स गाडी मात्रै अबको एक हप्ता भित्र ५ ओटा भित्र्याउन लागीएको समितीले बताएको छ । टिकट बुकिङ काउन्टर सल्यानको श्रीनगर, खलंगा, लुहाम, कपुरकोट, थारमारे लगाएतका ठाउँमा राखिने बताइएको छ । केहि दिन भित्रै सल्यानबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाण्डाँै, भारतको सिम्ला र सल्यानका सबै बजार क्षेत्रमा गाडी संचालन गरिने समितीका अध्यक्ष पूर्ण बहादुर खत्रिले बताएका छन् । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि छत्रेश्वारि गाउपालिका अध्यक्ष सन्तोष केसी, बिशिस्ट अतिथि छत्रेश्वरी गाउँपालीका कै उपाध्यक्ष सिता केसी, ट्राफिक प्रहरी सल्यानका ईन्चार्ज गोपाल शर्मा लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!