विजय जुलुस निकाल्ने क्रममा कांग्रेस कार्यकर्ताको मृत्यु

Posted on: 17 May, 2017

जेठ ३, सल्यान | सल्यानमा विजयी जुलुसमा सहभागी हुने क्रममा कांग्रेसका एक कार्यकर्ताको लडेर मृत्यु भएको छ ।

सल्यान जिल्लाको साविकको  त्रिवेणी-९ का २४ वर्षीय खिमबहादुर खत्रीको लुहाम बजारमा मृत्यु भएको खबर प्राप्त भएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी बनेपछि जुलुसमा सहभागी भएका खत्रीको लडेर मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!