स्वच्छ, सफा र सुन्दर कपुरकोट अभियान शुरु

Posted on: 23 Sep, 2017

शंकर केसी/असोज ७, सल्यान । स्वच्छ, सफा र सुन्दर कपुरकोट भन्ने नाराको साथमा शनिबारदेखि कपुरकोट बजार क्षेत्र सरसफाइ अभियान शुरु भएको छ । 


सल्यान, रोल्पा, रुकुमको प्रवेशद्धारको रुपमा रहेको कपुरकोटलाइ चिटीक्क र फोहोरमुक्त बनाउनका लागी कपुरकोट गाउँपालिकाको सहयोगमा बजार सफाइ तथा व्यवस्थापन समितीले अभियानको शुरु गरेको हो ।

अवका दिनमा नियमित रुपमा बजार सरसफाइ गरिने र गाउँपालिका संग समन्वय गरि कार्ययोजना बनाएर नै अगाडी बढ्ने बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढाले बताएका छन् । बजार क्षेत्रमा झाडु लगाएर सरसफाइ अभियानको शुरुवात गर्दै कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले मानव जीवनका लागि ज्यादै संवेदनशील र महत्वपूर्ण विषय भएको सरसफाइ केही वर्षयता नेपालमा राष्ट्रिय एजेण्डा नै बनेको बताए ।

उनले भने–‘मानव स्वास्थ्यका लागि सरसफाइ मुख्य आधार हो भन्ने कुरा धेरैलाई थाहा छ । तर त्यसलाई सबैले पालना गर्न सकिरहेका हुँदैनन् । यो आवश्यकता बोध गराउन सक्ने हो भने हाम्रा हरेक वस्ती सफा, सुन्दर हुनेछन् ।’ कपुरकोट गाउँपालिकाको हरेक वडा र टोलटोलमा सरसफाइ अभियान पु¥याइने अध्यक्ष सेनले बताए ।

सरसफाइ कार्यमा कपुरकोट गाउँपालिकाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारि, शिक्षक, विद्यार्थी, व्यापारि, नेपाल प्रहरी, नेपालि सेना, पत्रकार, बुद्धिजिवि लगाएतको उपस्थीती थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!