सल्यानको कालिमाटि गाउँपालिकाको कुनै पनि वडामा छैन विजुली

Posted on: 01 Jan, 2018

शंकर केसी/पुस १७, सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाइ विजुलि वत्तीले नछोएकोले गर्दा सिंगो गाउँपालिकाबासि अन्धकारमा बस्न बाध्य भएका छन् । 

सात वटा वडा रहेको कालिमाटीमा विजुलि वत्तीको पहुँच नपुग्दा स्थानीयहरु धेरै कुरामा पछाडी परेका छन् । विद्युत अभावमा गाउापालिका झनै प्रभावित देखिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरकलाइ सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारि हुन नसकेको पाइएको छ भने दैनिक कार्य समपादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउापालिकाका अध्यक्ष दान बहादुर केसीले विजुलि वत्ती नहुँदा उत्पन्न हुने समस्या आफुहरुले झेल्नुपरिरहेको बताए ।

उनले भने ‘विजुलि नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।’ 

कतीपयले वैकल्पीक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउापालिका उपाध्यक्ष शनशिलता ओलीले बताइन् ।

‘गाउँपालिकाबासिलाइ कुटान, पिसान देखि लिएर मोवायल चार्ज गर्न समेत समस्या छ,’ उनले भनिन् ‘गाउँपालिकाको कार्यालयमा पनि कर्मचारिहरुले विजुलि अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।’ अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै गाउँपालिकाले आर्थीक वर्ष २०७४÷०७५ का लागी एक करोड पचास लाख रुपैया विनियोजन गरेको छ ।

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्राउने तयारिमा आफुहरु लागेको उपाध्यक्ष ओलिले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ठिलासुस्तीले गर्दा पनि कालिमाटी गाउापालिकालाइ विद्युतको पहुँचमा पुर्याउन समस्या भइरहेको गाउँपालिकाले जानकारि दिएको छ । 

अध्यक्ष केसीले भने गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ठिलासुस्तीले गर्दा विजुली बाल्ने गाउँपालिकावासिको रहर पुरा हुन सकेको छैन ।

विजुलि भित्राएपछि आफुहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागी काम अगाडी बढाउने तयारिमा रहेको केसीले बताए । विजुलि अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । 

अहिले गाउापालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिक रुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ ।

विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!