सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 17 Jan, 2018

माघ ३, सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा बागचौर नगरपालिका –९ कोटमौला डाँगी गाउँका ५४ वर्षीय पूर्णबहादुर डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  ।


डाँगी पशु सेवा कार्यालय बागचौरको पशु सेवा केन्द्रमा कार्यरत थिए ।

मंगलबार कार्यालयबाट फर्केका डाँगी बुधबार पनि घर नपुगेपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकबाट झण्डै ५० मिटर तल फेला परेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!