सल्यानमा सवारि दुर्घटनामा घाइते दुबै जनाको मृत्यु, श्रीमानश्रीमती रहेको खुलासा

Posted on: 29 Jan, 2018

शंकर के सी | माघ १५, सल्यान | सल्यानमा आइतबार बेलुकी सवारि दुर्घटनामा घाइते भएका दुइजनाको नै उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको पनि सल्यान प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटमा मिनि ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पति ३२ वर्षिय दिलिप बुढा र ३० वर्षिय सम्झना बुढाको उपचारकै क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा गएराती उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी कपुरकोटले जनाएको छ । पूर्वी रुकुम मोरावाङ निवासि उनहिरु मुसिकोट नगरपालिका एकमा होटल सञ्चालन गरेर बस्दै आएका थिए । रुकुमबाट दाङ तर्फ गइरहेको मिनि ट्रकले कपुरकोटको तल्लो बजारमा सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाइ ठक्कर दिन पुगेको थियो ।

कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको रा १ ख ९३९ नम्बरको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेका थिए । तर व्याकमा पनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । ठक्कर दिने मिनी ट्रक र चालक तुल्सीराम घर्तीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!