सल्यानमा रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो

Posted on: 15 Mar, 2018

सल्यान, १ चैत्र। सल्यान त्रिवेणिमा विभिन्न योजनाको रकम भुक्तानिका लागी दाङ जानुपर्ने बाध्यता रहेको गुनासो आएको छ ।


त्रिवेणि १ काभ्राको रामबजारमा आयोजित सार्वजनीक सुनुवाइ कार्यक्रमका सहभागीहरुले त्रिवेणि गाउँपालिकावासिले सञ्चालन गरिएका योजनाहरुमा बजेट पर्याप्त नभएको गुनासो देखि शिक्षकहरुको तलव मासिक रुपमा भुक्तानि हुनुपर्ने माग राखेका हुन् ।

कार्यक्रममा त्रिवेणि २ का गंगाराम पुनले योजनाको रकम लिन तुलसिपुर जानुपरेको बाध्यता सुनाए । जवाफमा गाउँपालिका अध्यक्ष मान बहादुर डागीले आफुले लुहाम स्थीत राष्ट्रिय बाणिज्य बैंकमा नै खाता सञ्चालन र रकम भुक्तानिका लागी प्रक्रिया अगाडी बढाएको भएपनि इन्टरनेट अभावमा बैंकले समयमा सेवा दिन नसक्दा उपभोक्ता समितीलाइ दाङ या खलंगा जानुपर्ने बाध्यता रहेकेो बताए । तर अव इनटरनेटको विस्तार तत्काल हुन लागेकोले यो समस्या हट्ने बताए ।

त्रिवेणिको वडा नम्बर १, २ र ३ लाइ लक्षित गरेर आयोजना गरिएको सार्वजनीक सुनुवाइ कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफ्नो कामको मुल्यांकन हुनुपर्ने माग राखेका थिए । यस्तै गाउँपालिकाले हरेक बजेट, तथा नियम बनाउँदा सबैको सल्लाह लिनुपर्ने, एकलौटि ढंगले निर्माण उपभोक्ता समिती गठन हुन नहुने र विकास निर्माणका कामको प्रभावकारि अनुगमन हुनुपर्ने जस्ता सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष डागी संगै उपाध्यक्ष तथा न्यायीक समितीका संयोजक करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत रेमन्त डागी, वडा नम्बर १ का अध्यक्ष छविलाल खत्री, २ का अध्यक्ष मेघराज रोका, ३ का अध्यक्ष हुकुम प्रसाद महतारा, योजना शाखाका प्रमुख गोपाल केसी र विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले सहभागीले उठाएका जिज्ञासाका जवाफ दिदै गुनासो सम्बोधन गर्ने प्रयास गरेका थिए ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको सार्वजनीक सुनुवाइमा गाउपालिकाको तर्फबाट प्रगति विवरण पेश गर्दै प्रमुख प्रशासकिय अधिकृत डागीले हाल सम्म सशर्त अनुदान तर्फ ७७ प्रतिशत योजनाहरु सम्पन्न भएको बताएका थिए । यस्तै निशर्त तर्फ ३७ प्रतिशत भन्दा बढि योजनाहरु सम्पन्न भइसकेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!