सल्यानमा आगलागिबाट ८ पसल जलेर नस्ट

Posted on: 17 Mar, 2018

चैत ३, सल्यान । सल्यानमा आगलागिबाट ८ घर जलेका छन । सल्यानको बागचौर नगरपालिका ५ बाँगेलाखुरीमा रहेको प्रहरी चेकपोष्ट देखि बाँयाँतिरका पसलहरुमा आगलागि भएको छ ।

जंगबहादुर चन्दको किराना पसलबाट शुरु भएको आगलागिले वरपरका ८ वटा पसल पुर्ण रुपमा जलेका छन् भने अन्य २ घरमा पनि सामान्य क्षेती भएकाे प्रहरीले जनाएको छ ।


स्थानिय बजारमा रहेको चन्दको पसलमा बेच्न राखिएको पेट्रोलका कारण आगो लागेको एक स्थानियले जनाएका छन ।

प्रहरीले भने आगलागिको कारण खुल्न नसकेको बताएको छ । आगलागिबाट अनुमानित करोडौं बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीबाट १ सुनचाँदी, २ नास्ता र अरु किराना पसल जलेका हुन । दिउसो २ बजे लागेको आगलागि करिव ४० मिनेटमा नियन्त्रणमा आएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!