सुर्खेतमा यात्रुवाहक जिप दुर्घटनाग्रस्त, १९ यात्रु घाइते

Posted on: 04 Sep, 2018

भदौ १८, सल्यान । सुर्खेतको काफलकोटबाट बाखर्क आउदै गरेको लु २ च १९०९ नम्बरको जिप सुर्खेत सिम्ता गाउपालिका वडा न २ को दुरपाल भने ठाउँमा दुर्घटना हुदा  १९ जना घाइते भएका छन । दुर्घटना बिहान १० बजे तिर भएको हो ।

घाइते हुनेहरुमा दैलेख गुँरास गाउपालिकाकी वर्ष २३ की निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा न  २ वर्ष २२ का अशोक सिह, सोही ठाउँका वर्ष ४४ का तिलक बुढा र जिप चालक गुर्भाकोट नपा ४ सहारे वर्ष ३० का दिनेश बिकसहित १९ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय राकम वादेपिपलका अनुसार सबै घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारको लागि नेपालगन्ज लगिएको ईलाका प्रहरी कार्यालय सुर्खेत राकमका सहि दामोदर अधिकारीले जानकारी दिनु भएको छ ।

दुर्घटना हुनाको कारण गाडिको क्राउन भाचिएकोले खुल्न आएको छ । जिप सडकबाट १० मिटर तल झरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!