पालिका भित्रका मौलिक संस्कृती पहिचान गर्न सम्मेलन

Posted on: 04 Dec, 2018

शंकर के सी | मङ्सिर १८, सल्यान । आफ्नो गाउँपालिकाभित्र के कस्ता कला संस्कृती छन् भनेर पहिचान गर्नका लागी सल्यानको त्रिवेणि गाउँपालिकाले ‘लोक कला संस्कृती सम्मेलन २०७५’ आयोजना गर्ने भएको छ । गाउँवस्तीका मौलिक संस्कृती लोप हुन पुगेको भन्दै चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाले यस प्रकारको सम्मेलन आयोजना गरेको हो । गाउँपालिकाभित्रका सबै वडामा कस्ता कस्ता संस्कृती रहेछन् भनेर सम्मेलनमा पहिचान गरिने गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए । यहि आउँदो शनिबार २२ गते लुहाम स्थीत त्रिवेणि तिर्थशाला धाममा लोक कला संस्कृती सम्मेलन आयोजना गरिने उनले बताए ।


सल्यानको त्रिवेणि स्थीत पिमखोला सोरठी, टप्पा र पैसरु नृत्यका लागी प्रख्यात मानिन्छ । यद्यपि पछिल्ला पुस्ताहरु मौलिकतालाइ भुल्दै आधुनिकतातीर बढि आकर्षित भइरहेको र भएका संस्कृतीलाइ निरन्तरता दिनतर्फ कसैको पहल नभएको पाइन्छ ।

युवाहरुलाइ पनि सल्यानको पहिचानका रुपमा रहेका संस्कृती संरक्षणमा अग्रसर गराउन र समाजमा लुकेर रहेका लोक संस्कृतीलाइ पहिचान, प्रोत्साहन गर्न सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारि गोपाल केसीले जानकारि दिएका छन् ।

शनिबार हुने सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाबाट १३ वटा भन्दा बढि समूहहरुले पुराना लोक संस्कृती प्रदर्शन गर्ने केसीले बताए । उनका अनुसार प्रत्येक समूहलाइ गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप केहि नगद र सम्मानपत्र प्रदान गरिने छ । उक्त कार्यक्रममा वरिष्ट बाध्यवाधक तथा मौलिक संकृतीका संरक्षणकर्ता खर्क बहादुर बुढाको पनि विशेष प्रस्तुती रहने र छिमेकी स्थानीय तहका प्रमुखहरुको पनि उपस्थीती रहने गाउँपालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!