कपुरकोटका ६ वटै वडामा नारि दिवसको अवसरमा कार्यक्रम

Posted on: 08 Mar, 2019

फागुन २४, सल्यान । वक्तृत्वकला, लोक गीत तथा घैँटा फोड प्रतियोगिता र र्यालि सहित सल्यान कपुरकोटका ६ वटै वडाहरुमा अन्तराष्ट्रिय नारि दिवस मनाइएको छ । कपुरकोट ३ र ४ मा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाको समृद्धिका लागी महिलाहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले महिलाहरु पनि अव समाजका विविध पक्षहरुमा नेतृत्व गर्दै अगाडी बढ्नुपर्ने धारणा राख्दै परिश्रमबाटै महिलाको क्षमता विकास हुने बताए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा न ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै जव सम्म महिलाहरुको सचेतना र सक्षमता बढ्दैन तवसम्म सामाजिक समृद्धि हाँसिल गर्न नसकिने बताएका थिए ।


यस्तै कपुरकोट ५ र ६ मा पनि दिवसको अवसरमा कार्यक्रम भएको छ । कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगरले महिला हिंशा अन्य नभएसम्म समाज अघि बढ्न नसक्ने बताएकि थिइन् । वडा न ५ का वडाध्यक्ष यम कुमार वस्नेत, वडा न ६ का अध्यक्ष हेरमलाल बुढाथोकीले महिलालाइ अवसर दिनुपर्नेमा जोड दिएका थिए । यस्तै वडा नम्बर १ र २ मा पनि ¥यालि सहितका कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न प्रतियोगिताहरुमा प्रथम, द्धतीय र तृतिय हुने विजयीहरुलाइ नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको गाउापालिकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!