४५ दिने प्लम्बर तालिम सल्यान कपुरकोटमा शुरु

Posted on: 17 Mar, 2019

चैत ३, सल्यान । आइतबारदेखि सल्यान कपुरकोटमा प्लम्बीङ तालिम शुरु भएको छ । ४५ दिन सम्म चल्ने तालिमले ग्रामिण खानेपानीका योजनामा फाइदा पुर्याउने अपेक्षा लिइएको छ । 

कपुरकोट गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिती सल्यानको सहकार्यमा सञ्चालन गरिएको तालिमममा जिआई तथा एचडीपी पाइपको प्रयोग तथा जडानका साथै विभिन्न महत्वपूर्ण सिपहरु सिकाइने खानेपानी प्राविधिक तिलक चौलागाइले जनाएका छन् ।

तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, कार्यपालिका सदस्य ठक बहादुर विक, स्टोर शाखा प्रमुख देवेन्द्र कुमार सेन, सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल, इन्जीनियर भुपेन्द्र यरी लगाएतले बोल्दै तालिमका उपलब्धीलाइ ब्यवहारमा उतार्न आग्रह गरेका थिए । उनीहरुले तालिमबाट उत्पादित जनशक्तिले यस क्षेत्रको खानेपानी सुसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


तालिममा सिपिभिसी, पिभीसी पाइप पिटिङ सम्बन्धी ज्ञान फिल्डमै गएर प्रदान गरिने खानेपानी प्राविधिक शोभाराम रावलले जानकारि दिएका छन् । सहभागिहरुको खानेपानी तथा सरसफाई आयोजनाको मर्मत संभार कार्यमा प्राविधिक ज्ञानको स्तर बृद्धि हुने, उत्पादित जनशक्तिले सामान्य मर्मत तथा संभार कार्य आफैले गरी आयोजनालाई निरन्तर संचालनमा ल्याउन सक्षम हुने अपेक्षा गाउँपालिकाको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!