विपद व्यवस्थापन सम्बन्धि सचेतना मुलक कार्यक्रम

Posted on: 09 May, 2019

इन्द्र बुढाथोकी | बैशाख २६, सल्यान | विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे बिहिवार बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा कार्यक्रम गरिएको छ । 

सल्यान खलंगा लुहापिङ्गमा रहेको सशस्त्र प्रहरी गुल्मले विपदको समयमा कसरी सजक र सचेत रहन सकिन्छ भने बारे आज सल्लीबजारमा कार्यक्रम सन्चालन गरेको छ । प्राकृतिक विपदबाट कसरी बच्न सकिन्छ भनी जिल्ला भरी विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । स्थानीय नागरिक, व्यापारी सङ्ग  प्राकृतिक विपदको समयमा कसरी बच्न सकिन्छ सम्भावित घटना हुन नदिन के गर्ने सकिन्छ भनी सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाङ्गिले जानकारी दिनु भएको थियो । 

उहाँले बिपद अन्तर्गत डढेलो नियन्त्रण, आगलागी, पहिरो, चट्याङ, ग्यास बाट हुन सक्ने सम्भावित क्षतिबाट कसरी बच्ने भन्ने बिषयमा स्थानीयलाई  डिएसपी डाङ्गिले सिकाईएका थिए । 

कार्यक्रम नगरपालिका प्रमुख गोविन्द कुमार पुन, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, ५ वडा अध्यक्ष कमल बिक १ न वडा अध्यक्ष शान्त कुमार यरि, नेपाल पत्रकार महासंघ सल्यानका सहसचिब शिब डाँगी, पत्रकार विप्लव महर्जन, मिना बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!