जाँड खाएर जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

Posted on: 10 May, 2019

शंकर के सी, बैशाख २७, सल्यान । जाँड खाएर जंगलमा आगो लगाउने एक जनालाइ सल्यान प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका २ को चन्द्रपाला सामुदायीक वनमा आगो लगाउने सोहि ठाउँका ५१ व्र्षिय राम बहादुर ओलीलाइ शशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाइ बुझाएको हो ।


सल्यान जिल्लाका शशस्त्र प्रहरी प्रमुख डिएसपी विमल डाँगीले जिल्लामा हुने आगलागीका घटनामा संलग्न कसैलाइ पछि नछाडिने बताए । शारदा नगरपालिकाकै वडा नम्बर ७, ९ र १० मा लागेको आगो पनि नियन्त्रणमा लिइएको जनाउँदै उनले भने, ‘समयमै प्रहरी, नेपालि सेना र शशस्त्र प्रहरीले आगो नियन्त्रमा नलिएको भए वस्तीसम्म फैलिएर ठूलो क्षती गर्न सक्थ्यो ।’

आफुहरुले जिल्लाका विभिन्न ठाउँमा डढेलो लाग्न नदिन र भइ हालेमा वच्ने उपाय तथा नियन्त्रण गर्ने तरिकाहरु सचेतनामूलक कार्यक्रम, नमुना प्रदर्शन मार्फत गरे पनि आगलागीका घटनाहरु ब्ढिरहेको भन्दै कडा कारवाहि प्रक्रीयामा लैजान शशस्त्र प्रहरी सक्रियतापूर्वक लाग्ने डिएसपी डाँगीले बताए । उनले भने, ‘डढेलो लगाउनेलाइ खोज तथा पहिचान गरि वन ऐन अनुसार कारवाहिको प्रक्रियामा लैजान हामी बढि केन्द्रीत भएका छौँ ।’

यसैविच शारदा नगरपालिकाको १० नम्बर वडासंग जोडिएको कालिमाटी गाउँपालिका १ ढुंगेकटेरिमा पनि आगलागी भएको छ । आगलागीबाट गाउँमा एक ब्यक्तिको गोठ संगै एउटा गोरु प्नि जलेर मरेको तथा बारिमा आगो फैलदा गहुँ र बेसार बाली नष्ठ भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!