सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

Posted on: 29 May, 2019

जेठ १५ सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।

सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!