साउन २६ र २७ गते पत्रकार महासंघको कर्णाली प्रदेशस्तरीय कार्यक्रम सल्यानमा

Posted on: 09 Aug, 2019

साउन २४, सल्यान | नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश स्तरिय कार्यशाला सल्यानमा हुने भएको छ । आगामी आइतबार र सोमबार पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको हो । 

नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र सल्यान शाखाको संयोजनमा साउन २६ गते अपह्रान्ह कार्यशाला उद्घाटन हुने महासंघ जिल्ला शाखाले जनाएको छ ।  महासंघलाइ अव कसरि अगाडी बढाउने र बदलिदो परिस्थीतीमा महासंघको भुमिकालाइ कसरि प्रभावकारि बनाउने लगाएतका विषयमा गोष्ठीमा छलफल गरिने पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिएका छन् । ‘उद्घाटन कार्यक्रममा जिल्ला स्थीत जनप्रतीनिधी, राजनीतिक दलका प्रतीनिधी र प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता मा पत्रकार महासंघको भुमिकाको बारे छलफल हुने छ,’ उनले भने । 

पत्रकार महासंघ सल्यान शाखाको सभाहलमा संचालन हुने गोष्ठीमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, महासचिव रमेश विष्ट, कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायत पदाधिकारी, यस प्रदेशका सबै जिल्ला शाखाका अध्यक्ष, वरिष्ठ पत्रकार, जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ सल्यानका सचिव शंकर के.सीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!