सल्यानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, आठ घाइते

Posted on: 14 Nov, 2019

कार्तिक २८, काठमाडौँ | सल्यानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् | जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो |

मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापाको रहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए |  चालक सन्दीप परियार घाइते भएका छन् | जिपमा १० जना यात्रु सवार रहेका थिए  |

घाइतेको दाङ स्थित तुलसीपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!