सल्यानमा जलेर दुई घर नष्ट

Posted on: 01 Dec, 2019

मङ्सिर १५, सल्यान । सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमल विकले जानकारी दिनुभयो ।

घरमा कोही नभएको बेला एक्कासी आगलागी भएर घरमा रहेको नगद, आठ आना सुनसमेत नष्ट भएको पीडित अनिल विकले जानकारी दिनुभयो ।

“घरमा रहेको अन्नपात लत्ता कपडा सबै सकियो अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, पीडित अनिल विकले भन्नुभयो ।

दुईवटा घरमा चार जना परिवार बस्दै आएकोमा आगलागी भएपछि विचल्लीमा परेको र पीडित परिवार आफन्तको घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!