घाँटीमा मासु अड्किएर मृत्यु

Posted on: 19 Apr, 2020

वैशाख ७, सल्यान | घाँटीमा मासु अड्किएर  यहाँ एक जनाको मृत्यु भएको छ ।  शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।  

शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन  छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!