एक युवाद्वारा आफ्नै बाबुको हत्या

Posted on: 26 Apr, 2020

वैशाख १४, सल्यान | यहाँ  एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति  ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो ।

अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।   घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ । सुरजलाई  यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ  । 

मुचुल्कापछि  शव परीक्षणका लागि  जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!