सङघर्षका साथ संगितिक क्षेत्रमा सर्जक बने (डि.के. रोल्पाली)

Posted on: 06 Dec, 2016

खकेन्द्र केसी | मंसिर २१, सल्यान | पछिल्लो समयमा थुपै नयाँ कलाकार उदाउने र अस्थाउने क्रम चलीरहदा आफनो पहिलो एल्बम (हुनेकुरा गर )बाट सांगीतिक क्षेत्रमा होमियका सर्जक दिपक वि.क. (रोल्पाली डि के) यतिबेला आफ्नो सांगीतीक क्षेत्रमा अगाडि बढीरहेका छन् । कलाकारीकता क्षेत्रमा नै आफनो जीवन बिताउछु भन्ने बिचार लिएका डि.के. रोल्पाली ८ वर्ष अघि वैदेशिक रोजगारीको क्रममा साउदी को दमाम मा पुगेपनी गीत संगीतलाई माया मार्न नसकेको र संगीत तर्फ आफ्नो यात्रा अगाडि बढाएको बताउँछन् ।

रोल्पाको जिनाबाङ १ हेल्ङ्खोलामा जन्मिएका दिपक वि.क. (रोल्पाली डि के) ले भन्छन् गर्ने काम र आफ्नो इच्छा शक्ति लाई कसैले पनि रोक्न नसक्ने र त्यसको उदाहरण आफु बनेको पनि बताउँछन् । सानैदेखि गीत गाउने, बाजा बजाउने विद्यालयमा हुने विभिन्न कार्यक्रममा भाग लिने उनी अहिले रोजगारको सिलसिलामा साउदी बाटै भएपनि धेरै गीत सिर्जना गर्न र निकाल्न सफल भएका छन् । 

नेपाल जस्तो गरिब मुलुकमा दुई छाक खानको लागी हात जोड्दै अर्काको देशमा भौतारीनु परेपनि आफु निकै सङघर्षका साथ संगीतिक क्षेत्रमा लागेको बताउने उनले अहिले सम्मा करिब  ४ वटा गीत निकालेका छन । बङगुरको कौलो मासु, आगो पर्ने सलाइ, किन झर्छ   आँसु, ईन्टरनेट अनगर जस्ता एल्बम मा शब्द, लय तथा सिर्जना गरेका उनले साउदी जस्तो कडा कानुन भएको र दैनिक १२ घण्टा भन्दा बढी काम गर्नुपर्ने देशमा बस्नुपरे पनि विदाको दिन समयलाई मिलाएर अब केही गीतको भोकल गर्ने तयारीमा रहेको बताउँछन् ।

(डि.के. रोल्पाली) सँग फेसबुकमा गरिएको कुराकानीका आधारमा । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!