तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on: 28 Oct, 2016


कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि हो। त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!