पत्रकार महासङ्घ संखुवासभाको अध्यक्षमा गिरी

Posted on: 22 Feb, 2017


फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश बिस्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक्षमा नबिन गुरुङ चयन हुनुभएको छ ।  अधिवेशनबाट श्याम निरौला, दिपेन्द्र शाक्य, कमला शाक्य र गोविन्द राई  प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । 

अधिवेशनले पदम बहादुर अधिकारी, छेटु शेर्पा र कुबेर प्रसाद भेटवाललाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!