संखुवासभामा चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे

Posted on: 26 Feb, 2018

फागुन १४, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ । 

बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भँैसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ । 

नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । 

अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय सिहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरबहादुर राईले जानकारी दिनुभयो । अहिले सो आगो नियन्त्रणमा आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!