सङ्खुवासभामा बाढीले बगाएर एकको मृत्यु

Posted on: 17 Jul, 2019

साउन १, सङ्खुवासभा | सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!