काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on: 27 Dec, 2019

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । 

काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको समयमा काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियसमा उक्लिएको छ । घाम लाग्दै गरेकोले क्रमश तापक्रम बढ्दै जान्छ । 

पश्चिम तराईका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बनाएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

उपत्यकामा मात्र नभई देशका अन्य भू-भागमा पनि चिसो बढेको छ, मौषम मापन केन्द्रहरुले दिएको जानकारी अनुसार जिरी र जुम्लाको तापक्रम ऋणात्मक रहेको छ । जुम्लाको न्युनतम तापक्रम माइनस ७ डिग्री पुगेको छ । त्यस्तै जिरीको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस पुगेको छ । 

त्यस्तै अन्य भू-भागको न्युनतम तापक्रम निम्न अवस्थामा रहेका छन्: 

१. दिपायल - ३.५ डिग्री सेल्सियस 

२. डडेलधुरा - १.७ डिग्री सेल्सियस 

३. धनगडी - ८.२ डिग्री सेल्सियस 

४. बिरेन्द्रनगर - २.० डिग्री सेल्सियस 

५. नेपालगंज - ८.५ डिग्री सेल्सियस 

६. पोखरा - ६.० डिग्री सेल्सियस 

७. भैरहवा - १०.६ डिग्री सेल्सियस 

८. सिमरा - १०.० डिग्री सेल्सियस 

९. ओखलढुंगा - ३.५ डिग्री सेल्सियस 

१०. ताप्लेजुङ - ४.४ डिग्री सेल्सियस 

११. धनकुटा - ५.९ डिग्री सेल्सियस 

१२. बिराटनगर - ७.८ डिग्री सेल्सियस 

१३. लुम्ले - २.५ डिग्री सेल्सियस 

१४. जनकपुर - १०.२ डिग्री सेल्सियस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!