संखुवासभाको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग

Posted on: 14 Jul, 2020

योगेन्द्र योगी | असार ३०, दोहा | संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाको  वेसिन्दामा असर २७ गते राति गएको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग गर्ने भएको छ ।

फाउन्डेसनका सस्थापक हेम थापाले भनेका छन्  संखुवासभा जिल्लाको सिलिचोङ गाउपालिका  १ सिसुवान खोलामा आएको बाढि र पहिरोको कारण ९ घर बगाएर ११ जान बेपत्ता भएको खबरले मेरो छाती छिया छिया भएको छ ।

उद्दारमा खटीएका मदन राईको मृत्युले झनै दुःखीत तुल्याएको छ । १ हप्ता भैसक्यो निन्द्रा नलागेको पनि किनकी नेपाली र नेपाललाई दुख्दा मेरो मुटु अझै बढी दुख्छ त्यसैले सिलिचोङ  गाउँपालिकामा रहेका इमान्दार ब्यक्तिले हेम थापालाई सम्पर्क गर्न अनुरोध गर्दछु । 

नेपालमा आइपरेको विभिन्न समस्या तथा सामाजिक कार्यमा सहयोग गर्दै आएका थापा अमेरिकामा बस्छन I संखुवासभामा अबिरल वर्षासँगै गएको पहिरोले ९ घरसमेत बगाएको छ भने पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । 

बेपत्ताहरुको स्थानीयबासी, प्रहरी र नेपाली सेनाले खोजीकार्य गरिरहेको संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!