संखुवासभा हत्या प्रकरण: लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो

Posted on: 17 Sep, 2021

असोज १, काठमाडौँ | संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा संलग्न लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याईएको बताइएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकबहादुरका भाइ नरेशको साथबाट हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल बरामद गरेपछि उनलाई सदरमुकाम तानिएको हो ।

मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ । प्रहरीले हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्ने बताएको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!