ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Posted on: 09 Oct, 2021

असोज २३,काठमाडौँ , न्युज कारखाना | संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका – ५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । 

प्र १०२००३ त १२२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक तामाङको  उपचारका क्रममा गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको खत्रीले बताए । 

दुर्घटनामा परेर घाइते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए । खाँदबारी–२ चेवाको  भित्री सडक खण्डमा शुक्रबार चेवाबाट चारबरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!