नेपाली काग्रेसका नेता माझीको निधन,

Posted on: 12 Jan, 2018

 पुस २८, सप्तरी,  (रासस)| नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ । 

काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उहाँको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले राससलाई बताउनुभयो । ५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो । २०३९ सालमा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघबाट सभापति पदमा उहाँ निर्वाचित हुनुभएको थियो । 

जिल्ला खेलकुद विकास समिति, सप्तरीको अध्यक्षसमेत भइसकेका माझीलाई काँग्रेसको झण्डा ओढाएर विहिबार श्रद्धाञ्जली अर्पण गरियो । उहाँको हिजै साँझ राजविराजमा दाहसंस्कार गरियो । माझीका दुई छोरा, एक छोरी र पत्नी हुनुहुन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!