विद्युत् चोरीमा संलग्न १७ जना सप्तरीबाट पक्राउ

Posted on: 12 Jun, 2018

जेठ २९, राजविराज | प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । 

पक्राउ परेकाको साथबाट एक थान पानी तान्ने मोटर, एक थान टिभी, एक थान पंखा बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो । उनीहरुबाट विद्युत् ऐनअनुसार प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ दण्ड जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!