गायक उदितनारायणको घरमा एक मजदुरको करेन्ट लागेर मृत्यु

Posted on: 21 Jun, 2018

असार ७, राजविराज | सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको छ । 

भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो । 

उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!