सप्तरीमा आगलागीबाट सात लाख बराबरको क्षति

Posted on: 13 Jul, 2018

असार २९, राजविराज | सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ । 

स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

आगलागीबाट गोठभित्र रहेको ४० क्विन्टल धान, ४० क्विन्टल गहुँ, नगद जिन्सी, भाँडाकुँडालगायतका सामान जल्दा करीब रु सात लाख मूल्यबराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । 

स्थानीयवासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!