मलेसियामा एक नेपाली मृत अवस्थामा फेला

Posted on: 01 Feb, 2019

माघ १८, काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् | 

वैदेशिक रोजगारीका लागि ७ महिना अघि मलेसिया गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १० बनौला निवासी अन्दाजी २१ वर्षीय भोला माझी त्यहाँ रहेको जोहोर बारू गेलेनपाता सडकमा मृत भेटिएका हुन् ।

मृतकको घरमा आमा, बुवा, श्रीमती र दुई छोरीहरू रहेको वडा अध्यक्ष जुगेश्वर प्रसाद साहले फोन मार्फत आप्रवासन श्रोत केन्द्रमा जानकारी दिएको कार्यक्रम संयोजक रामप्रवेश मण्डलले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!