सप्तरी घटना: थप एकको मृत्यु, मृतकको सङ्ख्या पाँच पुग्यो

Posted on: 10 Mar, 2017

फगुन २७, सप्तरी । नेकपा (एमाले)को मेची –महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ । 

योसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज मृत्यु भएको हो । उनको पेटमा गोली लागेको थियो । 

यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस –२ का २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो । 

एमालेको मेची–महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना भएको थियो । सो झडपमा परी दुईदर्जन घाइते भएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!