सप्तरी–४ मा काँग्रेसका चौधरी विजयी, अब कहाँ-कहाँ छ अग्रता ?

Posted on: 10 Dec, 2017

मङ्सिर २४, राजविराज | सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गर्नुभयो । 

पछिल्लो समयसम्म कांग्रेसको खातामा प्रतिनिधिसभा तर्फ १४ सिट जित्दै ९ स्थानमा अग्रता लिएको छ ।  

अब कहाँ-कहाँ छ कांग्रेसको अग्रता ? 

१. बारा क्षेत्र नं. १

नेपाली कांग्रेस: उमाकान्त चौधरी (२०२३५) 

नेकपा एमाले: अच्युत मैनाली (१९८७७)

२. पर्सा क्षेत्र नं. ४

नेपाली कांग्रेस: रमेश रिजाल (८२५७) 

राष्ट्रिय जनता पार्टी: लक्ष्मणलाल कर्ण (७९४१)

३. सिरहा क्षेत्र नं. १

नेपाली कांग्रेस|: प्रदीप गिरी (१४८४३)

नेकपा एमाले: गंगाप्रसाद यादव (१२३८२)

४. उदयपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. नारायण खड्का (८३५३) 

नेकपा एमाले: मञ्जु चौधरी (८२२४)

५. सुनसरी क्षेत्र नं. ४

नेपाली कांग्रेस: ज्ञानेन्द्रबहादुर कार्की (२०१२१) 

नेकपा एमाले: रमेश श्रेष्ठ (१६९२४)

६. सुनसरी क्षेत्र नं. २

नेपाली कांग्रेस: सिताराम मेहता (१७९२४) 

माओवादी केन्द्र: डम्बर सुवेदी (१४७४४)

७. नवलपरासी पश्चिम क्षेत्र नं. २

नेपाली कांग्रेस: देवेन्द्रराज कँडेल (१४९९८) 

माओवादी केन्द्र: घनश्याम यादव (१०२८४)

८. नवलपुर क्षेत्र नं. २

नेपाली कांग्रेस: विष्णुकुमार कार्की (२२२४३) 

नेकपा एमाले: तिलक महत (२०७७३)

९. नवलपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. शशांक कोइराला (२५४३६) 

माओवादी केन्द्र: भविश्वर पराजुली (२१५२६)

यस बिषयमा तपाइको प्रतिक्रिया...!