सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क

Posted on: 28 Dec, 2016

पुस १३, राजविराज । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने गरेको जङ्गली हात्तीले सप्तरीको पूर्वी भेगमा आतङ्कित बनाएको छ । 

त्यहाँका बासिन्दालाई जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । 

आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरीको पोर्ताहा गाविस–५ निवासी घोषिन उत्थान मञ्चका केन्द्रीय अध्यक्ष शोभितलाल पघैयाले बताउनुभयो ।

हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उहाँले बताउनुभयो । 

ती हात्तीले गाउँ पसेर बालीनाली खानको साथै गहँुबाली कुल्चेर नष्ट गर्ने गरेको बताइएको छ । 

दुई दिन अगाडि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीले सप्तरीको भारदह–९ स्थित भलुवामा एक जनालाई लखेटेर मारेको थियो । 

जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुरलगायतका गाउँँमा दिनुहँु हात्ती आउने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!