सप्तरीको तिलाठी र कोचाबखारी गाविसका छ सय परिवारलाई कम्बल वितरण

Posted on: 30 Dec, 2016

पुस १५, सप्तरी । सप्तरीको तिलाठी र कोचाबखारी गाविसका विपन्न परिवारलाई युथ नेपालले कम्बल वितरण गरेको छ । 

उक्त संस्थाले छुटाछुटै कार्यक्रम गरी दुवै गाविसका करिब छ सय विपन्न तथा गरिब परिवारलाई एक÷एक थान कम्बल वितरण गरिएको युथ नेपालका मोहन यादवले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिवेश लोहनीले कम्बल बाँड्नुभएको हो । 

यस्तै सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिकाको इनर्वामा समेत विपन्न र गरिब परिवारलाई जाडोबाट बच्नका लागि ‘नेपाल सेयरको सहयोग र क्रिएसेन नेपाल’को समन्वयमा सप्तरी युथ नेपालले एक सय १५ जनालाई एक थानका दरले कम्बल वितरण गरेको थियो । 

यसैगरी सप्तरीको कोइलाडी गाविसमा यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । 

स्थानीय निम्न माध्यमिक विद्यालयमा तपेश्वरी समाज र हुर्क नेपालको आयोजना तथा ‘द फ्रिड्म फन्ड’को सहयोगमा आरके चिल्डेन अस्पताल विराटनगरले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्थो सरकारले बताउनुभयो । 

पुल भास्सिँदा यात्रुलाई समस्या 

सप्तरीको मैनाकडेरीस्थित चन्द्र नहरमा निमार्ण गरिएको नयाँ पुल भास्सिँदा यात्रुलाई समस्या भएको छ । 

मैनाकडेरी र लोहजरा गाउँको बीचमा रहेको सो नहरमा निर्माण गरिएको पुल छेउको तार बोल्डर, पुलको छेउको भाग भास्सिँदा आउने जानेलाई ज्यान जोखिममापर्ने स्थिति रहेको स्थानीयवासीको गुनासो छ । 

चन्द्र नहरको पुरानो पुल जीर्ण भएपछि बनाइएको नयाँ पुलको दुबैपट्टि भत्कनुका साथै पुलले जोड्ने सडक २० फिट तल भास्सिँन जाँदा सो पुलबाट दुर्घटनाको समस्या बढेको स्थानीयवासीको भनाइ छ । 

पुलको वारिपारी रहेको र बाटो भास्सिँएको सो पुल हँुदै आवागमन गर्नेलाई समस्या भएको छ । सो नहरमा चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यलयबाट पुल निमार्ण गरिएको स्थानीय बासिन्दाले बताएका छन् । 

पुलको मर्मत गर्न पटक÷पटक कोसीपम्पका इन्जिनियर समक्ष जानकारी गराए पनि पहल नभएका मैनाकडेरीका रामप्रसाद यादवले गुनासो गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!