सप्तरीको बोरियामा आगलागीबाट पाँच लाखको क्षति

Posted on: 04 Jan, 2017

पुस २०, राजविराज । सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । 

जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ । 

त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!