विष सेवन गरि मन्दिरका पुजारी सहित दुई जनाको मृत्यु

Posted on: 15 Jan, 2017

माघ २, सप्तरी | कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीको आज विष खाएर मृत्यु भएको छ । 

सत्तरी वर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर मरेको प्रहरीले जनाएको छ । ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!