बस दुर्घटनामा एक बालकको मृत्यु

Posted on: 14 Mar, 2017

चैत १ सप्तरी । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा मारुती भ्यानको ठक्करबाट पाँचवर्षीय बालकको आज मृत्यु भएको छ । 

सप्तरी, मैनाकडेरी – ५ निवासी सुरेशप्रसाद साहका छोरा जीवछको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदहबाट राजविराजतर्फ आउँदै गरेको को १ च ६४२१ नंको गाडीले बालकलाई ठक्कर दिएको थियो । गाडी इलाका प्रहरी कार्यालय हनुमानगरले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!