नापी कार्यालयमा प्रेसर कुकर बम विस्फोट

Posted on: 12 May, 2017

बैशाख २९, सप्तरी । नापी शाखा कार्यालयमा आज अपराह्न ४: १५ बजे प्रेसरकुकर बम विस्फोट भएको छ । 

विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ । 

मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!