गाड्ने ठाउँ नभएपछि आफन्तले बगाएका मृत बालक प्रहरीले भेट्यो

Posted on: 16 Aug, 2017


साउन ३२, सप्तरी । सप्तरीमा आफन्तद्वारा बगाइएका मृत बालक कमल सदा पानीमा तैरिरहेको अवस्थामा फेला परेका छन् । 

प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा उनको शव फेला पारेको हो । 

पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै  आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाड्न)  चाहेको थियो  । तर, अविरल वर्षाका कारण जताजतै बाढी नै बाढी हुँदा त्यो सम्भव भएन  र काका देवकुमार सदाले पानीमा बगाइदिएका थिए ।

उक्त दर्दनाक क्षणलाई  यूरोपियन फोटो एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!